आशा तामाङ बचाउ अभियान जारी, संकलित रकम हस्तान्तरण

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ८, २०७३

धादिङ चैत्र ८ । धादिङ नेत्रावती गाउपालिका स्थित सेमजोङ घर भएकी आशा तामाङ बचाउ अभियान जारी रहेको छ ।

सेमजोङ निवासी आशा तामाङ केहि महिना देखि दुवै मृगौला फेल भै अस्पतालको वेडमा हुनुहुन्छ उहाँलाई बचाउन विभिन्न क्षेत्र समुदाय संस्था आर्थिक सहयोगमा जुटेका छन् ।

यहि आर्थिक संकलनमा जुटेको नेकपा माओवादी केन्द्र नेत्रावती गाउपालिकाले दुबै मृगौला फेल भइ अस्पताल वेडमा रहेकी आशा तामाङलाई राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली पुगी रू २४ हजार ५ सय  नगद सहयोग गरेको छ ।

माओवादी केन्द्र नेत्रावती गाँपालिकाले अभियानका क्रममा संकलन गरेको उक्त रकम मंगलवार ठाकुर गुरुङको हातबाट तामाङलाई हस्तान्तरण गरिएको हो । दुबै मृगौलाले काम नगरे पछि तामाङ २ महिना देखि अस्पतालको बेडमा छटपटाई रहनुभएको छ हाम्रो अभियानका क्रममा अहिले जम्मा भएको रकम हस्तान्तरण गर्यौ, आशा बचाऔं अभियान जारी रहेको ठाकुर गरुङले धादिङपोष्टलाई बताउनु भयो ।

कलिलै उमेरमा बिबाह गरेकी तामाङको ८ बर्षको छोरा र १ वर्षको छोरी छ । निम्न आर्थिक श्रोत, घरमा सासुससुरा समेत नरहेको तामाङको श्रीमान् बैदेशिकरोजगारको सिलसिलामा बिदेशमा छन् ।

रकम हस्तान्तरण गर्न नेकपा माओबादी केन्दका नेता तथा अखिल नेपाल शिक्षक संगठनका केन्दिय बरिष्ठ उपाध्यक्ष संकर अधिकारी, जिल्ला सदस्य तथा नेत्रावती गांउपालिका ईन्चार्ज ठाकुर गुरूङ, जिल्ला सदस्य सेकेमान तामाङ, बिनिता तामाङ, गणेश अधिकारी अस्पताल पुग्नुभएको थियो।

करिब २५ लाख आर्थिक जुटाउन सके मात्र मृगौला फेर्न सक्ने पिडितको भनाई छ गहभरी आंसु पार्दै म बाच्न चाहान्छु मेरो छोरा छोरी सानो छ, मलाई केहि भैहाल्यो भने छोरा छोरीको बिचल्ली हुन्छ भन्दै भक्कानिने गर्दछिन ।

यस अघि प्रकाशित आशा तामाङ बचाऔं अभियानको समाचार
आशा तामाङ बचाउ अभियानमा हातेमालौ गरौं