पाठ्यपुस्तक बारे विद्यार्थीले लेखे स्कुललाई पत्र (पत्र समेत)

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ८, २०७३

धादिङ नलाङ चैत्र ८ । धादिङ जिल्ला सिद्धलेक गाउँपालिका अन्तरगत वर्डा नं. २ मा पर्ने नलाङ पात्ले माविका विद्यार्थीले समयमा नै पाठ्य पुस्तक उपलब्ध गराईदिन माग गरेका छन् ।

आज विद्यालय प्रशासनलाई विद्यालयले नै सिकाएको ढाँचामा कक्षा ९ मा पढ्ने छात्राहरुले निवेदन लेख्दै समयमै पाठ्यपुस्तक उपलब्ध गराइदिन माग गरका हुन् ।

विद्यार्थीहरुले निवेदनमा लेखेका छन्, -हामी कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु उर्तीण भै कक्षा १० मा जाने हुँदा र कक्षा १० को पाठ्यपुस्तक परिवर्तन हुने खण्डमा हामीलाई अध्ययन गर्न ढिला सुस्ती नहोस् भन्नका लागि समयमै पाठ्य पुस्तक उपलब्ध गराईदिन निबेदन गर्दछौं ।

सामुहिक हस्ताक्षण गर्दै विद्यालय प्रशासनलाई लेखेको निवेदनमा उनीहरुले आफ्नो पढाईप्रति चिन्ता व्यक्त गरेका छन् ।