चुनावले तात्यो धुनीबेसी, मेयरको आकाँक्षीका अनुहार यी हुन्

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ७, २०७३

धुनीबेसी, चैत्र ७ । करिव २० हजार मतदाता रहेको जिल्लाको दोस्रो नगरपालिका धुनीवेशी अहिले स्थानिय चुनावी सरगर्मीले तातेको छ ।

औद्योगीक करिडोरको रुपमा विकास भैरहेको यस नगरपालिकामा स्थानिय तहको चुनाव जित्दै मेयर बन्ने आकाँक्षीहरु जनतामा पुग्न थालेका छन् । तीन ठुलादलहरु नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेको सांगठनिक गतिविधि पनि तिव्र बनेको छ । अहिले तिन वटै दलका टोल देखि वडा हुँदै नगर सम्मकै पार्टी कमिटीहरु चलायमान बनेका छन् ।

माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष बासु वास्कोटाका अनुसार स्थानिय चुनावको लागि माओवादी केनद्रले वडा तहको उम्मेरदवार प्राय: सबै वडामा छनौट गरी सकेका छ । एमालेका जिल्ला सचिव शिव कंडेलका अनुसार एमालेले धुनिवेशीमा अहिले पार्टीको वडा भेला र छलफलहरु चलि रहेका बताएका छन् । नेपाली काँग्रेस दिपेन्द्र पाठकका अनुसार काँग्रेसको पनि वडा भेलाहरुमा छलफल तिव्र गतिमा भैरहेको बताएका छन् ।

चुनाव नजिकिदै गर्दा स्थानिय नेताहरुमा पनि पार्टीबाट उमेदवारको टिकट लिने दौड पनि तिव्र बनेको अहिले ठुला तिनै दलको स्थानिय नेताहरु कार्यकर्ताको घर दैलो देखि नेताको केन्द्रीय नेताहरु सम्म आफुलाई टिकट दिन र दिलाउन धाईरहेका छन् ।

औद्योगिक करिडोरको रुपमा चिनिने यस नगरपालिकामा आर्थिक स्रोतका हिसावले नीलकण्ठ नगरपालिका भन्दा पहिलो हुन आउँछ । आर्थिक आयआर्जनका हिसावले पहिलो मानिने यस धुनिवेशी नगरपालिकाको मेयर बन्ने दौडमा को–को छन् ।

हामीलाई प्राप्त स्रोतका अनुसार मेयरको उम्मेदवारीका लागि चर्चामा आएका मुख्य पात्रहरु

दिपक लामिछाने ‘सुबोध’
तत्कालिन जिवनपुर गा.वि.स. वाह्र विसेमा जन्मिएका दिपक लामिछाने ‘सुवोध’माओवादीले जनयुद्ध सुरु गरेको केही वर्ष पछी भुमिगत बनेका हुन् । जनयुद्धकालमा धादिङ, नुवाकोट, मनवानपुर लगायत थुप्रै जिल्ला कार्यक्षेत्र बनाएका लामिछाने शान्ति प्रकृया प्रश्चात पनि पार्टीको पुर्णकालिन रुपमै कार्यरत छन् । हाल थाँक्रे गाउँपालिका ईञ्चार्ज रहेका लामिछाने जनता बीचमा जान सिपालु कार्यकर्ता रुपमा चिन्छिन् । मियर उम्मेदवारका कडा प्रस्पिर्धी उमेदवारको हेरिएका लामिछाने, यद्यापी स्थानिय चुनावमा मेयरको लागि आफैं स्वयंले उमेदवार दावी नगरेको, तर स्थानिय पार्टीले माग गरेको बताउँछन् ।

राजन रेग्मी ‘निशान’
तत्कालिन नौविसे गा.वि.स. वडा नं. २ भदौरेमा जन्मिएका राजन रेग्मी ‘निशान’ माओवादी केन्द्रबाट संभावित मेयरका उमेरदवार हुन् ।
पार्टी नगर कमिटीको इञ्चार्ज समेत रहेका रेग्मीले पार्टीले जनयुद्ध सुरु गरेको केही वर्ष पछी भुमिगत बनेका हुन् । धादिङ, नुवाकोट, रसुवा र मकवानपुर लगायतका जिल्लाको विभिन्न मोर्चामा संलग्न रही जनयुद्धमा लागेका रेग्मी लामो समय माओवादी पार्टीको मजदुर आन्दोलनमा वढी सकृय थिए । सामान्य पारीवारीक पृष्ठ भुमिकामा उनले जनयुद्धको क्रममा २०६१ सालमा आफ्नै श्रीमती गुमाएका शहिद परिवार पनि हुन् । अवको स्थानिय चुनावमा उनले आफु सक्षम मेयरको उमेरदवार बन्न आफ् योग्य छु मेरो जित माओवादी केन्द्र जित हो त्यसैले आफुलाई पार्टीले सहयोग गर्ने बताएका छन् ।

अर्जुन उप्रेती
नेपाली काँग्रेस भित्र जिल्ला देखि केन्दै सम्म पहुच राख्ने पारीवारीक पृष्ठ भुमीको जस जतिवेला पनि उप्रेती परीवारमा जाने गरेको छ ।
तत्कालिन नौविसे गा.वि.स. नौविसे बजारका उप्रेती लामो समय गाउँ पञ्चायत अध्यक्ष देखि गा.वि.स. अध्यक्ष समेत भई सकेका रामशरण उप्रेतीका छोरा हुन्, अजुन उप्रेती । मछिन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष समेत रहेका अर्जुन उप्रेती सामाजिक कार्यमा सँधै अग्रसर हुन्छन् । जिल्ला भरी कै काँग्रेस युवाहरुमा परिचित उप्रेती सरल स्वभावका छन् । कार्यकर्ता बीचमा उनको चर्चा व्यापक भए पनि उनी स्वय भने मेयरको दौडमा नरहेको बताउँछन् । नेपाली काँग्रेस भित्र छत्रेका जिवनाथ ढकाल र मधु श्रेष्ठको चर्चा पनि व्यापक छ । सरल स्वभावका ढकाल पुर्व क्षेत्रिय सभापति हुन् भने मधु श्रेष्ठ पनि चर्चामा छन् ।

सुरेश आचार्य
नेकपा एमालेको भातृ संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा लामो समय काम गरेका सुरेश आचार्य एमाले निकट मजदुरको धादिङका संस्थापक नेता हुन् । नौविसे धार्केका स्थायी वासिन्दा आचार्य पार्टी भित्र बलीयो युवा नेता हुन् । मजदुरको हकहितका निमिक्त सदा तयार हुने उनि सामान्य आर्थिक पृष्ठ भुमिका मजदुर नेता हुन् । आफ्नो पार्टी भित्र मत्र नभई आम युवाको हरेका समस्या समाधानमा सदैव तयार हुने उनि प्रशासनिक क्षेत्रमा पनि राम्रो पहुच राख्छन् । २०६१ मा जिल्ला मै नमुना मानिने एम्वुलेन्स सेवा संचालन गरेर आफैं चालक बनि जनताको सेवामा लागेका उनी लामो समय देखि सवारी मजदुर सँगै स्वरोगार मजदुर समेत हुन् । पार्टीको आठौं महादिवेशनका प्रतिनिधि बनिसकेका आचार्य नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वागमति अञ्चाल उपाध्यक्ष समेत भई सकेका छन् । एमाले पार्टीको केन्द्रमा पनि उनको राम्रो पहुच छ । धादिङमा गुट उपउटका कारण दवियर बसेका आचार्य एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालका प्रिय पात्र रहेका एमाले स्रोत बताउछ ।

बालकृष्ण आचार्य
एमाले धादिङ ३ नं. क्षेत्रका अध्यक्ष समेत रहेका बालकृष्ण आचार्य व्यवसायीक पृष्ठ भुमिका हुन् । उनको पोल्ट्री व्यवसाय सँगै कलंकी र धार्केमा विभिन्न किसिमका व्यवासयहरु संचालनमा छन् । जिवनपुर गाउँ कमिटी बाट राजनैतिक शुरुवात गरेका आचार्य यस अघि एमाले जिवनपुरको नेतृत्व पटक–पटक सम्हालि सकेका छन् । राजेन्द्र पाण्डे निकट उनि एमाले बाट मेयरको उम्मेदवारीको टिकट पाउने चर्चा बजारमा व्यापक छ ।

रामराजा पाण्डे
नौविसेको जनताविच राम्रो घुलमिल रहेका पाण्डे नेकपा एमाले तत्कालिन १० नंं. ईलाकाका इञ्चार्ज पनि हुन् । जनताको विचमा गईराख्ने पाण्डे एमाले भित्रबाट मेयरको दैडमा रहेका व्यक्ति हुन् । उनिलाई एमालेले मेयरको टिकट नदिएमा केहि एमाले कार्यकर्ताले विद्रोह गर्ने चर्चा समेत चलेको छ ।