धादिङ चैत्र ७ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुबीभ्याली गाउँपालिका माओवादी केन्द्रले अभियान संचालन गरेको छ ।
माओवादी केन्द्र धादिङका नेताहरु रामसिंह तामाङ, मिम्बा तामाङ, शुक लामा तामाङ सहभागि अभियानले चुनावी प्रचार र संगठन परिचालनका लागि अभियान संचालन गरेको बताइएको छ । अभियानका क्रममा गाउँपालिका र वर्डा स्तरका भेलागरि चुनावी मोर्चालाई बलियो बनाउन लगेको माओवादी केन्द्र रुबीभ्यालीका एक नेताले बताए ।
अभियानका क्रममा वडा नं ३ मा पदम बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरीएको छ । त्यस्तै प्रेम सिं तामाङको अध्यक्षतामा २१ सदस्यीय वाइसीयल वडा कमिटि गठन गरीएको छ । त्यसैगरी वडा नं ४ मा नर बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरीएको छ । केर सिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय वाईसीयल वडा कमिटि गठन गरीएको छ ।
रुबीभ्याली गाउँपालिका भेला आयोजक समिति संयोजक मिम्बा तामाङको विषेश आतिथ्यता तथा जिल्ला कमिटि सदस्य शुक लामा तामाङ, पुर्व जिल्ला कमिटि सदस्य करिमान तामाङ, धिरज तामाङ लगायतको अतिथ्यता रहेको थियो । सम्मेलन बाट लालमान तामाङको अध्यक्षतामा ११ सदस्यीय तामाङ राष्ट्रिय मुक्ति मोर्चा गठन गरीएको छ । चैत्र ८ गते गाउँपलिका सम्मेलन हुने गाउँपालिका इन्चार्ज राम सिंह तामाङले धादिपोष्टलाई दिनुभयो ।