पत्रकार महासंघ धादिङको पहिलो बैठकको निर्णय सार्वजनिक

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ६, २०७३

धादिङ चैत्र ६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको फागुन १७ गते सम्पन्न अधिवेशन वाट निर्वाचित समितिको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

पत्रकार महासंघ धादिङको पहिलो वैठकले केन्द्रिय प्रतिनिधि रुदप्रसाद भट्ट, निर्वाचन समितिका संयोजक कृष्ण अधिकारी, सदस्यहरु टंककुमार श्रेष्ठ र रमेश अधिकारी लगायतलाई धन्यावाद ज्ञापन र विभिन्न ७ उपसमितिहरु गठन गरेको विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।

धादिङबेसीमा शनिबार महासंघका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा सम्पन्न बैठकले आठौँ जिल्ला अधिवेशनको समिक्षा गर्दै, संस्थागत विकास, श्रमजीवि पत्रकारहरुको समस्या एवं आगामी दिनमा संस्थालाई गतिशिल ढंगबाट अगाडि बढाउन विभिन्न उपसमिति बनाएको बताएको छ ।

बैठकले गरेका मुख्य निर्णयहरु
संगठन उपसमिति
संयोजक: राजाराम शर्मा
सदस्य: मनिष दुवाडी
सदस्य: ठाकुर गुरुङ
आर्थिक उपसमिति
संयोजक: शंकर श्रेष्ठ
सदस्य: सुदिप कोइराला
सदस्य: गीता अधिकारी
तालिम तथा प्रशिक्षण उपसमिति
संयोजक: गोविन्द बुढाथोकी
सदस्य: अर्जुन प्रसाद खतिवडा
सदस्य: शिखा श्रेष्ठ
संस्थागत तथा सरकारी निकाय समन्वय उपसमिति
संयोजक: गायत्री खतिवडा
सदस्य: कृष्ण ढकाल
सदस्य: ओम लामा
सुचना तथा प्रकाशन उपसमिति
संयोजक: सरिता श्रेष्ठ
सदस्य: सरिता नेपाली
सदस्य: राजन अधिकारी
छापा तथा विद्युतियसञ्चार समन्वय उपसमिति
संयोजक: रामबहादुर ठकुरी (आशिष)
सदस्य: सिर्जना लम्साल
सदस्य: बद्रि अधिकारी

  • नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका लागि आवश्यक कानुनी परामर्श दिन तथा महासंघको सदस्यहरुलाई आइपर्ने कानुनी जटिलताको पक्षमा काम गर्न जिल्ला अदालत बार एशोसियसन धादिङका पूर्व अध्यक्ष टंककुमार श्रेष्ठलाई कानुनी अधिकृतको रुपमा नियुक्त गरेको छ ।
  • नेपाल पत्रकार महासंघ धादिङका सदस्य पत्रकार स्व. शालिकरामप्रसाद बर्माको स्मृतिमा यहाँको परिवार समेतको सहकार्यमा स्व. शालिकग्रामप्रसाद बर्मा स्मृति पत्रकारीता कोषको स्थापना गरि संचालन गर्ने निर्णय गरेको छ ।
  •  नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङमा आबद्ध पत्रकारहरुलाई २०७४ सालको सदस्यता नविकरण २०७३ चैत मसान्तभित्र अनिवार्य रुपमा नविकरण गर्न अनुरोध गरेको छ ।
  • संस्थाको संस्थागत विकास र नियमित कार्यसम्पादनका निम्ति विभिन्न विषयमा कार्यसमितिमा व्यापक छलफल गरेको छ ।