धादिङ चैत्र ६ । नेपाली कांग्रेस धादिङले स्थानिय तहको चुनाव केन्द्रित कार्यक्रम शुरूवात सँगै नेताहरूलाई गॉंउ गॉंउ पठाएको छ ।
सामाजिक संजालमा पार्टीको गतिविधि सार्वजनिक गर्ने नेपाली कांग्रेस धादिङका युवा नेता नवराज तिमल्सिनाले धादिङपोष्टलाई भन्नुभयो काँग्रेस नेताहरु गाउँ गाउँ पुगि सक्नु भयो । स्थानिय चुनाव जित्नु काँग्रेसको पहिलो योजना हो ।
काँग्रेसको पुरै टिम परिचालित छ, विगतमा जस्तो काँग्रेसमा अब विवाद छैन काँग्रेस धादिङ एक ढिक्का भएर चुनावी अभियान लागि सक्यो ।
त्रिपुरासुन्दरी गॉंउपालिकाको अभियानको विषयमा बताउदै तिमल्सिना
यस गॉंउपालिकामा सल्यानटार, मुलपानी, सल्यानकोट, आगिञ्चोक र त्रिपुरेश्वर साविकका गाविस मिलेर बनेको गाउँपालिका हो । मिलेर बनेको त्रिपुरासुन्दरी गॉंउपालिकामा ७ वटा वडाहरू रहेका छन् ।
चैत्र ५ गते देखी साविकको सल्यानटार गाविस बाट शुरूवात गरिएको पार्टीको स्थानिय तह चुनाव केन्द्रित कार्यक्रम चैत्र १० गतेसम्म लगातार चल्नेछ । जस अनुसार चैत्र ५ गते सल्यानटार, ६ गते मुलपानी, ७ गते सल्यानकोट, ९ गते त्रिपुरेश्वर र १० गते आगिञ्चोक गॉंउ कार्यसमितिको बैठक बस्दै चैत्र ८ गते गॉंउपालिका स्तरको बैठक सल्यानटारमा आयोजना गरिएको छ।
उक्त कार्यक्रममा त्रिपुरासुन्दरी गॉंउपालिका भित्रको नेपाली कांग्रेसका नेताहरु तिलक रूवाली, वासु तिमल्सिना, फणिकान्त छत्कुली, हरिराम बुर्लाकोटी, नवराज तिमल्सिना, लक्ष्मी कंडेल हरि ब. बस्नेत, राजेन्द्र ब. शाह लगायत नेताहरूको सबै कार्यक्रममा उपस्थिति रहने भएको छ ।
यस कार्यक्रम पश्चात चैत्र १९ गते शनिवार सुनपोखरीमा नेपाली कांग्रेसको आयोजनामा हुने विशाल आमसभाको तयारीको लागी अन्य विभिन्न कार्यक्रमहरू निरन्तर संचालन हुने भएको छ ।