सत्यदेवीलाई सांसदद्वारा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ६, २०७३

 

ओम लामा
धादिङ, सत्यदेवी चैत्र ६ । खनियाबास गाउँपालिका वडा नं ५ अन्तर्गत साविकको सत्यदेवी गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरीएको छ ।

स्वास्थ्य प्रतिष्ठा विकास र सार्थक जिवनका लागि सरसफाई भन्ने मुल नाराका साथ, शनिबार सांसद दिलमान पाख्रिनले खनियाबास गाउँपालिका अन्तरगत पर्ने सत्यदेविलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नु भएको हो ।

विभिन्न सांस्कृतिक प्रस्तुति तथा र्याली सहित खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सत्यदेवी धादिङको आयोजना तथा एक्सन नेपाल र अक्सफामको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

खनियाबास गाउँपालिकाका कार्यकारी अधिकृत ,दुर्गा बहादुर शाहिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद दिलमान पाख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रहरी निरीक्षक शरद खत्री, स्थानीय विकास अधिकारी जिब लाल भुसालको विषेश आतिथ्यता तथा एक्सन नेपालका अध्यक्ष भिम ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो ।