हरि नेपाली
दुबई, चैत्र ५ । धादिङ जिल्लाको मार्पाक लवांगफेदीमा गत असोज ११ गते यात्रुवाहक बस दुर्घटनाका मृतक तथा घाइतेका परिवारलाई धादिङ समाज युएईले गत फागुन २९ गते एक कार्यक्रमका बीच आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
धादिङ समाज युएईले संकलन गरेको उक्त रकम स्थानीय पार्वती पन्त, नारायण पन्त, टोप बहादुर पल्ली मगर, भोज बहादुर स्माली मगर, चन्द्र बहादुर पल्ली मगर, युवराज पन्तको रोहबरमा घाइते तथा मृतकको परिवारलाई बुझाइएको आर्थिक सहयोग संकलन समितिका संयोजक होम अधिकारीले बताए ।
मृतकहरु राउता तामाङ, लिला बहादुर गुरुङ, सिरलामो तामाङ, नमराज तामाङ, रङ सिं तामाङ, मेन्दी तामाङ, ख्या लामा तामाङ, कमला पौडेल, पदम बहादुर स्माली मगर र मनकुमारी अधिकारी तथा घाइते टेकमाया घलेको परिवारलाई रु ५२५०/-का दरले हस्तान्तरण गरिएको थियो । साथै केही मृतक तथा घाइतेका परिवारहरु गाउँमा नभएकोले उनीहरुलाई जानकारी गराईसकेको र उनीहरुलाई चाडै नै सहयोग रकम हस्तान्तरण गरिने समेत बताइएको छ ।
उक्त कार्यको आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग सम्पुर्णलाई धादिङ समाज युएईका अध्यक्ष भिम अधिकारीले धन्यवाद समेत व्यक्त गरेका छन् ।