माओवादी केन्द्र निकट शिक्षकको, २ वटा गाउँपालीकाको भेला सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ५, २०७३

तिलक चेपाङ
धादिङ, बेनिघाट रोराङ चैत्र ५ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाको भेला सम्पन्न भएको छ ।

गजुरी गाउँपालिकाको भेलाले मनोज कुमार तामाङ अध्यक्ष रहने गरी २१ सदस्यीय र बेनिघाट रोराङको टंक राना अध्यक्ष रहने गरि २१ सदस्यीय नै गाउँ पालिका स्तरीय समिति गठन गर्दै सम्पन्न भएको हो ।

माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेलको प्रमुख अतिथ्यितामा सम्पन्न भएको यी दुवै गाउँपालिका स्तरीय सम्मेलनमा विशेष अतिथि जानुका सापकोटा र माओवादी केन्द्र धादिङका नेता तारा भण्डारी लगायतको अतिथ्यता रहेको थियो ।

कस्तो बन्यो गाउँपालिका स्तरीय शिक्षक मोर्चा
बेनिघाट रोराङ

अध्यक्ष- टंक राना
उपाध्यक्ष- कुलबहादुर पौडेल
महिला उपाध्यक्ष- रुपा पाण्डे
सचिव- इश्वरबाबु रेग्मी
कोषाध्यक्ष- जयकिशोर यादव
सह सचिव- राजेन्द्र कोइराल
गरी २१ सदस्यीय

गजुरी गाउँपलिका
अध्यक्ष- मनोज कुमार तामाङ
उपाध्यक्ष- हरिबहादुर श्रेष्ठ
उपाध्यक्ष- रमेश पाठक
महिला उपाध्यक्ष- तारा पाण्डे
सचिव- सुरेश कुमार बस्नेत
कोषाध्यक्ष- भिमाकुमारी पाण्डे
सह सचिव- रामकुमार अधिकारी
गरी २१ सदस्यीय