तुइनको लठ्ठा चुडिदा ५५ विद्यार्थी स्कुल जान पाएनन्

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ५, २०७३

तिलक चेपाङ
धादिङ चैत्र ५ । धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालीका टिकराङ र भुम्लीचोक गण्डकी गाउँपालीकाको हित्लुङ जोड्ने त्रिशुली नदी पार गर्न बनाईएको तारपुल (तुइन) को लठ्ठा चुडिदा ९२ चेपाङ घरधुरी र ५५ जना चेपाङ विद्यार्थीहरुलाई आवात जावतमा कठिनाई भएको छ ।

शुक्रबार बिहान गाउँले, विद्यार्थी, किसानहरु त्रिशुली नदी वरपार लाग्दा तारपुलको लठ्ठा चुँडिदा चँुडिदा ९२ चेपाङ घरधुरी र ५५ जना चेपाङ विद्यार्थीहरुलाई आवात जावतमा कठिनाई भएका हो ।

तुनको भरमा आवत जात गर्दैआएका चेपाङहरु र दैनिक तुइनकाट त्रिशुली तरेर स्कुल जाने विद्यार्थी तुइन चडिदा अफ्ठ्यारेमा परेका छन् ।
सक्नेहरु पौडिखेलेर त्रिशुलिपार गरेका थिए भने साना साना विद्यार्थीहरु स्कुल जान नसक्ने अवस्था सृजना भएको छ यसबारे सम्बन्धित सरोकार निकायले ध्यान दिनु पर्ने भएको छ ।

उनीहरुले झोलुङ्गेपुल बन्न अझै केहि महिना लाग्नेहुनाले तत्कालको लागि तुइन सुचारु गरिदन माग गरेका छन् ।

तुइन चुडियो, आवत जावत गर्न कठिनाई, धन्न मानविय क्षेति भएन, तत्काल तुइन सुचारु गर्न स्थानिय चेपाङको माग ।