सबै दलले चुनाव लड्न नपाउने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ४, २०७३

काठमाडौं, चैत  ४ ।  बैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा ७९ वटा राजीतिक दलले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १ सय १३ वटा दलमध्ये उनीहरुले बुझाएको विवरणका आधारमा ७९ दल मात्रै स्थानीय तह निर्वाचनमा भाग लिन योग्य ठहरिएका हुन् ।

आयोगले स्थानीय निर्वाचनको व्यवस्थापनका लागि पुस २५ मा जिल्लास्तरीय समितिमार्फत क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउन आह्वान गरेको थियो ।

आयोगमा दर्ता रहेका दलले मात्रै उक्त विवरण बुझाउनुपर्ने थियो । उक्त २१ दिनको अवधिमा जिल्लागत रुपमा विवरण बुझाएका दलले मात्र भाग लिन पाउने भएका हुन् ।

सम्बन्धित जिल्लामा विवरण पेस नगरेको वा छुटेको दलले भाग लिन नपाउने उनले बताए । राष्ट्रव्यापी सञ्जाल भएका ठूला दलले पनि कुनै जिल्लामा दर्ता गराउन छुटाएको भए ती दलहरु उक्त जिल्लामा आफ्नो दलगत हैसियतमा उम्मेदवार उठाउनबाट वञ्चित हुनेछन् ।