अधिकार सम्पन्न स्थानिय निकाय -सहायक प्रजिअ अधिकारी

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ४, २०७३

दामोदर भट्ट
धादिङ चैत्र ४ ।
स्थानिय निकाय अधिकार सम्पन्न छ, जनताका अधिकारी आफ्नै गाउँघरबाट प्राप्त हुने छ, सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनु भएको छ ।

गणतन्त्रको नाम सुनेका जनताहरुले अब यसको अर्थ र व्यवहार अन्तरगत कार्यकारी अधिकार सहितको नगर गाउँ पालिका कार्यान्पयनमा आएको बिहिवार गंगाजमुना गाउँपलिकाको कार्यालय उद्घाटन गर्दै सहायकप्रजिअ अधिकारीले यस्तो बताउनु भएको हो ।

साविकको फुलखर्क गाविसको कार्यलयमा गंगाजमुना गाउँपालिकाका कार्यकारी अधिकृत ठाकुर प्रसाद सिंखडाको सभापतित्व तथा सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पुर्व जिल्ला उपसभापति तथा बयोवृद्ध बेग बहादुर अधिकारीको विषेश आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाली कांग्रेसका भक्त लामा, एमालेका नारायण कार्की, माओवादि केन्द्रका होम बहादुर ढकाल, माओवादी केन्द्रका नेता तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष नबराज अधिकारी लगायतको आतिथ्यता रहेको थियोे ।