धादिङ,चैत्र ३। नेपाल सरकार मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले गाँउपालिकाका वडाहरुमा कर्मचारी व्यस्थापन गर्ने जिम्मा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।मन्त्रिपरिषद्को बैठकले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिल्लामा कार्यरत कर्मचारीहरुबाट गाउँपालिकाका वडाहरुमा कर्मचारी व्यवस्थापन गर्ने जिम्मा दिएको हो ।
नव गठित गाउपालिकामा एक कार्यकारी प्रमुख, अधिकृत स्तरको इन्जिनियर अधिकृत स्तरको कम्प्युटर इन्जिनियर सहित नायब सुब्बा १ जना लेखापाल १ जना सब इन्जिनियर २ र कार्यालय सहयोगी २ जना रहने व्यवस्था छ । आजको मन्त्रि परिषदको बैठकले जिल्ला भित्र रहेका स्वास्थ्य संस्थामा रहेका चिकित्सक, बिद्यालयमा पढाउने शिक्षक, अदालतका कर्मचारी र सुरक्षा निकायका कर्मचारी बाहेक सबैलाई प्रमुख जिल्ला अधिकारीले नगरपालिका गाउँपालिका र त्यसमातहतका वडामा खटाउन पाउने छन् ।
त्यस्तै आजको बैठकले विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त १० अर्ब ७० करोड बराबरको सफ्ट लोन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । त्यस्तै कार्कीका अनुसार विदेशी लगानीसम्बन्धि योजनाहरुको अनुगमनका लागि उद्योगमन्त्रीको नेतृत्वमा सम्बिन्धित मन्त्रालयका सचिव सदस्य रहने गरी समिति बनाउने निर्णय पनि आजको बैठकले गरेको जानकारी दिए ।
यसको साथै, अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनी केन्द्र निर्माणलाई शीघ्र सम्पन्न गराउन वाणिज्य मन्त्रलायलाई मन्त्रिपरिषद्को बेठकले जिम्मेवारी दिएको छ ।