सरकार र मोर्चाबीच आज पनि कुरा मिलेन

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ३, २०७३

morcha-pm-prachanda-870x490

धादिङ,चैत्र ३। सरकार र मोर्चाबीच आज भएको वार्ता पनि विना निष्कर्ष सकिएको छ । मधेसी मोर्चालाई विश्वास लिएर स्थानीय चुनावमा सहभागी गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयास आज पनि असफल भएको छ ।
मधेसी मोर्चाले समर्थन फिर्ता लिँदै असहयोग आन्दोलन थालेपछि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ नेपाली कांग्रेस र राप्रपाका शीर्ष नेताहरुसहित बैठक बोलाएका थिए । सिंहदरवारमा भएको छलफलमा उनले सीमांकनलाई थाती राखेर संविधान संशोधन अघि बढाउने पुरानै प्रस्ताव राखेका छन् ।

उनले यही प्रस्ताव मोर्चाका नेताहरुसामू बुधबार पनि राखेका थिए, जसलाई अस्वीकार गर्दै मधेसी मोर्चाले साँझ समर्थन फिर्ता लिनु साथै आन्दोलनको घोषणा गरेको थियो ।