अन्ततः सिद्धलेक गाउँपालिको कार्यालय बुङ्चुङ सारियो

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ३, २०७३

धादिङ चैत्र ३ । गाउँपालिका केन्द्रको कार्यालय उद्घाटन गरेको २ दिन पछि फेरि अन्तै सारेर उद्घाटन गरिएको पहिलो रेकर्ड बनाएको छ सिद्धलेक गाउँपािलकाले ।

नेपाल राजपत्रमा उल्लेख भएको भन्दै जिल्ला विकास समितिले खटाएर पठाएको कर्मचारी सुर्यप्रसाद देवकोटाले साविकको सलाङ गाउँविकास समितिको कमलावारीमा स्थानिय जनतालाई बोलाएर कार्यालय उद्घाटन गरेका थिए ।

स्थानिय राजनीतिक दलहरुले छलफल नै नगरि कार्यालय उद्घाटन गरिएको भन्दै आपत्ती जनाउँदै जिल्ला स्थित राजनीतिक दलहरुले सहमति कायम गरेको बुङ्चुङमा कार्यालय राख्न स्थानिय विकास अधिकारीलाई ज्ञापन पत्र बुझाएपछि आज फेरी गाउँपालिकाको कार्यालय बुङ्चुङमा उद्घाटन गरि ३ दिनको बीचमा २ ठाउँमा कार्यालय उद्घाटन गरि सिद्धलेक गाउँपालिकाले रेकर्ड राखेको हो ।

धादिङ २ वटा गाउँ पालिकाको केन्द्र परिवर्तन भै नेपाल राजपत्रमा आएपछि विवादित बनेका गाउँपालिकाको केन्द्र अन्तत राजपत्रमा अंकित दुवै गाउँपालिकाको केन्द्र कार्यान्वयन हुन सकेन ।

सिद्धलेकको आज बुङ्चुङ सारियो, ज्वालामुखिको हिजै साँझभञ्झ्याङमा उद्घाटन गरिएको थियो, गाउँपालिका केन्द्रको विवाद सकियो । गाउँपालिकाको कार्यलय सार्न विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले उद्घाटन गरिएको कमलावारी स्थित कार्यालय तालाबन्धी गरेको थियो भने दलहरुले स्थानिय विकास अधिकारीलाई ज्ञापान पत्र बुझाएका थिए ।