धादिङ सेमजोङ चैत्र ३ । धादिङको उत्तरी क्षेत्रमा पर्ने नेत्रवती गाँउपालिकाको कार्यालय जेष्ठ नागरीकको हातबाट उद्घाटन गरिएको छ ।
सेमजोङ निवासी जेष्ठ नागरिक अम्मर बहादुर तामाङको हातबाट स्थानिय राजनीतिक दलका नेताहरुको उपस्थितिमा गाउँपलिका कार्यालय बुधबार उद्घाटन गरिएको हो ।
निमित्त कार्यकारी प्रमुख भूवल विश्वकर्माको सभापत्वि रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका सल्लाहकार केशरी प्रसाद पन्त, माओेवादी केन्द्रका नेत्रवती गाँउपालिका ईन्चार्ज ठाकुर गुरुङ, जिल्ला कमिटि सदस्य तथा नेत्रवति गाँउ पालिका सयोंजक पे्रम तामाङ, नेपाली काँग्रेसका टेक जङ लामा, नेकपा एमालेका इन्दिरा ढुङगाना, साविकको गाविस सचिवहरु सन्चित गहतराज, लिलाकान्त विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।