धादिङबेसी चैत्र ३ । आज बिहान ८ बजेबाट देशभर माध्यामिक शिक्षा परिक्षा सुरु हुँदै छ ।
एस्एल्सी परिक्षा हटाइएको भने पनि उहि महत्वका साथ संचालन हुन लागेको यस परिक्षामा धादिङबाट ६ हजार ९ सय २ जना परिक्षर्थीहरु सहभागि हुँदै छन् ।
धादिङका २६ वटा परीक्षा केन्द्रहरुमा नियमित तर्फ ६ हजार ५ सय ९८ जना, एक्जेम्टेड तर्फ १ सय १५ जना र आंसिकतर्फ १ सय ८९ जना गरि जम्मा ६ हजार ९ सय २ जना विद्यार्थीले परीक्षा दिन लागेको जिल्ला शिक्षा अधिकारी दामोदर आर्चायले जानकारी दिनु भयो ।
आचार्यका अनुसार यस वर्षको परीक्षामा धादिङ जिल्लामा २६ जना केन्द्राध्यक्ष ,३४ जना सहायक केन्द्राध्यक्ष ,२ सय ९२ जना निरिक्षक , १०० जना सहयाक कर्मचारी , त्यसै गरी ३ सय ९० जना सुरक्षाकर्मी गरी ८ सय ४२ जना कर्मचारी खटाइने छ ।