धादिङ चैत्र ३ । धादिङ जिल्लाको सदरमुकामबाट एनएस मिडिद्वारा संचालनमा आएको धादिङपोष्ट अनलाईनमा प्रकाशित समचारले अतिबेला चर्चा पाएको छ ।
धादिङपोष्टमा प्रकाशित समाचार मध्य सबैभन्दा बढी पढिएको र शेयर गरिएको समाचार बन्न पुगेको छ नेपाल भारत सिमानामा तारबारको लागी करोडौंको सहयोग प्रतिवद्धता शिर्षकको समाचार ।
समग्र धादिङ जिल्ला र आसपासका जिल्लाका समाचारलाई केन्द्रित गरि संचालित हुँदै आएको स्थानिय स्तरको मोफसलमा बसेर संचालनमा आएको अनलाइन हो । हामीले समाचारबाट उठाएका कतिपय वस्तुप्रद घटनाहरुले प्रथामिकता पाएका छन् भने ति उठाइएका विषय वस्तुहरु कार्यान्वयनमा पनि गएका छन्, यस अर्थमा हामी धेरै खुसी छौ ।
आम्दानीको हिसाब संचालनमा आएका अनलाइनहरुको भिडमा हामी मोसफलमा रहेर आम्दानी विना अनलाईन संचालन गर्दै गर्दा हामीले उठाएका विषय वस्तु प्रथामिकतामा पर्दा झन् हौसिएका छौ । जनपक्षिय पत्रकारीता हाम्रो जोड हो चुनौति मोल्छौ तर जनताका आवाज बुलन्द गर्न पछाडी हड्दैनौ ।
यहि अभियानका क्रममा धादिङपोष्टका प्रवास प्रतिनीधि हरि नेपालीको नेपाल भारत सिमानामा तारबारको लागी करोडौंको सहयोग प्रतिवद्धता शिर्षकको समाचार धादिङपोष्टमा प्रकाशित भए पश्चात हजारौले पढेका छन् र हजारौले सेयर गरेका छन् । कतिपय समाचारहरु कयौ अनलाईनले साभार गरेका छन् भने पतिपयले भिडियो बनाई सार्वजनिक समेत गरिएका छन् ।
यससँगै विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले समेत अलग अलग रुपमा सामाजिक संजालमा आर्थिक सहयोग तथा जनश्रमदान घोषणा गर्नेको संख्या उल्लेखनीय छ । जसलाई एकीकृत गर्ने हो भने नेपाल भारत सिमानामा तारबार गर्नको लागि विदेशबाट मात्रै अरबौ आर्थिक सहयोग उठ्ने सम्भावना देखि रहेको छ समाचार पढ्नुहुने शेयर गर्नुहुने र कमेन्ट गर्ने सबै मा धन्यावाद दिदै यस्ता महत्वबोकेका समाचारहरु निरन्तर प्रकाशित गर्ने वाचा समेत गर्दछौं । सम्पादक