ज्वालामुखि गाउँपालिका पुगेका कर्मचारीलाई भव्य स्वागत

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २, २०७३

धादिङ चैत्र २ । धादिङको विवादित भनिएका २ गाउँपलिका मध्य ज्वालमुखी गाउँपालिकाको विवाद अत्य भएको छ ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति, धादिङ्ले सिफारिस गरेको ठाउँमा केन्द्र नभै नेपाल राजपत्रमा चैनपुर सालवास केन्द्र रहने भनेर आएपछि देखिएको विवाद अन्तत स्थानिय दलहरुले निर्णय गरे कै ठाउँ साँधभञ्झ्याङमा केन्द्र रहने भएपछि विवाद अन्त्य भएको हो ।

स्थानिय दलहरु कै सकृयतामा साँधभञ्झ्याङमा कार्यालय व्यवस्थापन  गरिएको छ, भने दलहरुकै सकृयतामा जिल्ला विकास समितिले गाउँपालिका हेर्ने गरि पठाएका अधिकृत गिरीप्रसाद विष्ट, यस अघि ढोला, मैदी, खरी र चैनपुरमा गाविस सचिव सहायक बनेर बसेका कर्मचारीहरुलाई फुलमालाले भव्य स्वागत गरिएको थियो ।

जिल्ला विकास समितिले २ दिन पहिल्यै गाउँपालिका पठाएका गिरी केन्द्र कहाँ राख्ने विवाद देखिएकाले कार्यसंचालन गर्न निराश थिए, तर स्थानिय दलहरु एकतावद्ध भै कार्यालय संचालनको लागि कोठा समेत भाडामा लिइ कर्मचारीलाई स्वागत गरेपछि सबै कर्मचारीहरु हर्षित बनेका एक स्थानियले बताए ।

ज्वालामुखि गाउँ पालिकाको केन्द्र साँधभञ्झ्याङमा राखियो, तर राजपत्रमा सालवास छ, दलको सहमति भएपछि कर्मचारी सालबास हैन साँधभञ्झ्याङ मै कार्यालय राखि कार्य संचालन गर्न तयार ।


फोटोः राजेन्द्र मास्की