धादिङ चैत्र २ । त्रिशुली बचाउ साझा सञ्जाल धादिङले आज प्रमुख जिल्ला अधिकारी देखि जिल्लाका राजनीतिक दलसम्मलाई स्मरण पत्र बुझाएको छ ।
विगत केहि वर्ष देखि त्रिशुली नदी बचाउ अभियान संचालन गर्दै आएको सञ्जाल स्थानिय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रालय सम्म पटक पटक ज्ञापानपत्र बुझाई सकेको थियो कार्यान्वय नभएको भन्दै पुन स्मरण पत्र आज बुझाएको हो ।
त्रिशुली र यस आसपासका खोलाहरुबाट भैरहेको अबैध तथा अब्यवस्थित उत्खनन्लाई उचित ब्यवस्थापन गर्नुपर्ने कार्य नहुँदा त्रिशुलीमा ब्रम्हलुट मच्च्याउनेहरु सक्रिय भएका छन् यस तर्फ सबैको धयानाकर्ष हुन समेत ध्यानाकर्षण पत्रमार्फत त्रिशुली बचाउ साझा सञ्जालले आग्रह गरेको छ ।
माओवादी केन्द्रको कार्यालयमा स्मरण पत्र बुझाउदै त्रिशुली बचाउका उक्तम कडेलले राजनीतिक दलहरुले साथ दिए यो अभियानले सार्थकता पाउने बताउदै त्रिशुली बचाउने अधियानमा हातेमालो गर्न आग्रह गर्नु भएको थियो ।
पत्रमा १५ बुदाको माग समेत सञ्जालले पेस गरेको छ ।