धादिङका २६ केन्द्रबाट साढे ६ हजार भन्दा बढी परिक्षामा सहभागि हुँदै

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २, २०७३

सरगम राना
धादिङबेसी चैत्र २ ।
धादिङ जिल्लाबाट भोली देखि हुने माध्यामिक शिक्षा परिक्षामा ६ हजार ९ सय २ परीक्षार्थीले परीक्षा दिने भएका छन् ।

गत वर्षबाट एस्एल्सी कै निरन्तरताको रुपमा हेरिएको यस परीक्षमा जिल्लाका विभिन्न विद्यालयबाट नियमित तर्फ ६ हजार ५ सय ९८ जना एक्जेम्टेड तर्फ १ सय १५ र आंसिकतर्फ १ सय ८९ गरी जम्मा ६ हजार ९ सय २ परीक्षार्थीले परिक्षा दिन लागेका हुन् ।

परिक्षा संचालनका लागि २६ जना केन्द्राध्यक्ष, ३४ जना सहायक केन्द्राध्यक्ष, २ सय ९२ जना निरिक्षक ,१०० जना सहयाक कर्मचारी ,त्यसै गरी ३ सय ९० जना सुरक्षाकर्मी गरी ८ सय ४२ जना कर्मचारी खटाइने जिल्ला शिक्षा अधिकारी दामोदर आर्चायले धादिङपोष्टलाई बताउनु भयो ।

धादिङ जिल्ला बाट १ जना कैदीको रुपमा कारागार भित्र रहेका परिक्षार्थी परीक्षमा सामेल हुने छन् ।

चैत्र ३ गते देखी ११ गतेसम्म र प्राविधिक तर्फको चैत्र १४ सम्म सञ्चालन हुनेछ । परीक्षालाई व्यवस्थितरुपमा सञ्चालन व्यवस्थापन र अनुगमनको लागि जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले अनुगमन गर्ने साथै मन्त्रालय तथा क्षेत्रिय यस्तरबाट पनि अनुगमन हुने जिल्ला शिक्षा अधिकारी आर्चायले बताउनु भयो ।

एस्एलसी हटाईए भने पनि उत्तकै महत्वका साथ भोली देखि माध्यामिक शिक्षा परिक्षा संचालन, धादिङबाट ६ हजार ९ सय २ परीक्षार्थीले परिक्षा दिने ।