सिद्धलेक गाउँपालिका कार्यालय विप्लव कार्यकर्ताद्वारा तालाबन्दी

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २, २०७३

धादिङ चैत्र २ । सरकारले कार्यान्वयनमा ल्याएको स्थानिय तह पुनर संरचना अन्तरगत गाउँपालिका कार्यालय सँचालन हुने क्रम सँगै सिद्धलेक गाउँ पालिकाको कार्यालय विप्लन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताला बन्दी गरेको छ ।
सलाङको कमलावारीमा मंगलबार उद्घाटन गरिएको सिद्धलेक गाउँपालिकाको कार्यालय अवैज्ञानिक र कथित चुनावको नाममा गरिएको खेलवाड भन्दै विप्लव नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीका इलाका इन्चार्ज राज कुमार गुरुङको नेतृत्वमा गएका कार्याकर्ताहरुले आज ताला बन्दी गरेका हुन् ।
अनेक नाटक मञ्चन गरि जनतालाई दुख दिने मनसायले सलाङ कमवारीमा कार्यालय स्थापना गरिएको भन्दै कुम्पुर सेराबेसी देखिका जनताले के अन्याय गरेका थिए र सलाङ पुग्नुपर्ने यस्तो नी पुनर संरचना हुन्छ तालाबन्धीमा सहभागी एक कार्यकर्ताले धादिङपोष्टलाई बताए ।
जनताको आवश्यकता एकातिर र नेताका नाटक मञ्चन एकातिर भएकाले आफ्नो पार्टी जनताका अधिकार सुनिश्चितका लागि कृयाशिल भएर लागेको उनले बताए ।