धादिङमा १ सय ४ मतदान केन्द्र हुने, स्थान तोक्न ३ दिन समय

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २, २०७३

धादिङबेसी चैत्र २ । स्थानिय निकाय पुनर संरचना अन्तरगत धादिङ जिल्लामा कायम भएका २ नगरपालिका र ११ गाउँ पालिकाको बैशाख ३१ गते हुने निर्वाचनको लागि १ सय ४ मतदान केन्द्र रहने भएको छ ।

आज धादिङबेसीमा प्रमुख जिल्ला अधिकारी उमेश ढकालको संयोजकत्वमा बसेको जिल्ला स्थित दलहरुको वैठकले धादिङ जिल्लाका सबै नगरपालिका र गाउँ पालिका अन्तरगत पर्ने १ सय ४ वर्डामा १-१ मतदान केन्द्र राख्ने निर्णय भए सँगै १ सय ४ मतदान केन्द्र हुने भएको हो ।

स्थान तोक्न जिल्ला विकास समिति मार्फत गाउँपालिकामा खटाइएको कर्मचारीले सर्वदलिय वैठक ३ दिन भित्रमा राखी स्थान निर्धाण गरिने माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेलले धादिङपोष्टलाई बताउनु भयो ।