कृष्ण बहादुर लामिछाने
गोरखा चैत्र २ । जिल्ला शिक्षा कार्यलय गोरखाले २०७३ साल चैत ३ गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा परिक्षाको तयारी पूरा भएको जनाएको छ ।
यस वर्ष गोरखा जिल्लाबाट सामुदायिक विद्यालय तर्फ १ सय ९ जना, संस्थागत तर्फ १० जना, खुल्लातर्फ १ जना र प्राविधिक तर्फ १ जना गरि १ सय २१ विद्यालयका कुल ५ हजार, १ सय ७२ जना परिक्षर्थीले परिक्षा दिने भएका छन् ।
जसमा नियमित परिक्षर्थी ४ हजार ९ सय ४१ जना, आशिंक ग्रेड वृद्धिर्फ परिक्षर्थी १ सय ४८ जना र एक्जामटेड परिक्षार्थी ८३ जना रहेका छन् ।
अम्मर ज्योति माध्यामिक विद्यालय लुईटेलका ३ जना दृष्टिविहिन परिक्षर्थीले कक्षा ९ का सहयोगी विद्यार्थीको सहायतले भवनी मावि टारी पोखरी परिक्षा केन्द्रबाट र सूर्यज्योति मावि ताकुका न्युन दृष्टिविहिन विद्यार्थीले समय थप गरि दुर्लभ मावि घयमपेसाल परिक्षा केन्द्रबाट परिक्षा दिने भएका छन् ।
त्यसैगरि मनाकामना बहिरा माविका १७ जना परिक्षर्थीले रत्नराज्य मावि बिरिमचोक केन्द्रबाट परिक्षा दिने र आशिंक ग्रेडवृद्धि र एक्जामटेड परिक्षार्थीहरुको परिक्षा केन्द्र मोडन बोर्डिङ स्कूल हरमटारी रहेको जिल्ला शिक्षा कार्यलय गोरखाका सहायक जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद सिग्देलले जानकारी दिनु भएको छ । साथै यस वर्ष गोरखा जिल्लामा खुल्ला विद्यालयबाट २६ जना र प्रविधिक तर्फ ३३ जना परिक्षर्थी रहेका छन । १ सय २१ वटा माध्यामिक विद्यालय रहेको गोरखा जिल्लामा २६ ओटा परिक्षा केन्द्र कायम गरिएको छ ।
परिक्षा सञ्चालनको लागी केन्द्र अध्यक्ष १६ जना, सहायक केन्द्र अध्यक्ष २६ जना , २ सय १५ जना निरिक्षक र २ सय ६० जना सुराक्षा कर्मी खटाईने छ । विभिन्न विद्यालयबाट १० जना परिक्षर्थीको आवश्यक हाजिरी नपुगेकाले परिक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ ।