धादिङ चैत्र १ । राजनैतिक सभा सम्मेलन सँगै धार्मिक सभा सम्मेलनले ठुलो अर्थ राख्ने शहरी विकास मन्त्री मन्त्री अर्जुन नरसिंह केसीले बताउनु भएको छ ।
नीलकण्ठ सुनौलाबजार स्थित तललोबेसीमा आयोजना गरिएको श्रीमद् भागवत धन धान्याञ्चल एवम् श्रवृहत पितृ मुक्ति महायज्ञ ०७३ उद्घाटन गर्दै धार्मिक सभाले मानव समाज र राष्ट्रको समेत हित हुने मन्त्रि केसीले बताउनु भएको हो ।
बृहत सत्सङ्ग भवन, शिव मन्दिर, सरस्वती मन्दिर, गणेश मन्दिर निमार्ण गर्ने उद्धेश्का साथ आयोजान गरिएको श्रीमद् भागवत आज मन्चि केसिले उद्घाटन गरे पछि सुरुभएको छ ।
नीलकण्ठ नगरपालीका ७ तल्लोबेसी अमलटार धादिङमा सुरु भएको श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञ चैत्र ९ गते चलने छ ।
कार्यक्रमको पहिलो दिन बाल तपस्वी पण्डीत उत्तम भट्टले २५ हजार ५सय २५ रुपैया सहयोग गर्नुभएका थियो । चैत्र ९ गते सम्म उहाँ कै मुखारा बिन्दुबाट कथा बाचन हुने छ ।