ज्वलामुखिमा विवाद, सिद्धलेकको केन्द्र कमलावारीमा उद्घाटन

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १, २०७३


धादिङ चैत्र १ गते । जिल्ला विकास कार्यालय धादिङले सबै नगरपालिका र गाउँ पालिकामा कार्यलय संचालनका लागि आईतवार अधिकृत स्तरको कर्मचारी खटाए सँगै कर्मचारीहरु गाउँपलिका पुग्ने क्रम सुरु भएको छ ।

यसै क्रममा धादिङका २ गाउँ पालिकाहरु सिद्धलेक र ज्वालामुखीमा देखिएको विवाद कायमै रहेको बेला सिद्धलेक गाउँपालिकाको कार्यालय सलाङ स्थित कमलावारीमा उद्घाटन भएको छ । स्थानिय सलाङवासीहरुको सक्रिय उपस्थितिमा गाउँपालिका उद्घाटन गरिएको सलाङबाट सोम श्रेष्ठले धादिङपोष्टलाईबताउनु भयो ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति, धादिङ्ले सिद्धलेक गाउ ँपालिकाको केन्द्र बुङ्चुङ राख्ने सिफारिस गरेका थिए तर राजपत्रमा अंकित भएर आउँदा सलाङ कमलावारी भएर आएकोले कमलावारी मै कार्यालय उद्घाटन गर्नु परेको कर्मचारी सुर्यप्रसाद देवकोटाले बताउनु भयो ।

यस्तै ज्वालामुखि गाउँ पालिकामा भने कार्यालय उद्घाटन हुन सकेन स्थानिय दलहरुले वैठक वसी पुनर्संरचना प्राविधिक सहयोग समिति, धादिङ्ले निर्णय गरेको साँझभञ्झ्याङ नै कार्यालय राख्न र चैनपुर सावास कार्यालय राख्न कसैको उक्साहटमा लगिएको भन्दै विरोध गरेका छन् ।

ज्वालामुखि गाउँपालिकाका कर्मचारी प्रमुख गिरीप्रसाद विष्टलाई हामीले जनताको काम कहिले कहाँबाट सुरु हुन्छ भनेर सोधेका थियौ । उहाँको जवाफ मैदी, खरी, ढोला र चैनपुरमा स्थानिय दलहरुको सेन्टिमेन्टलाई ख्याल गर्दै आज कार्यालय उद्घाटन गर्न सकेनौ, हामीलाई माथिबाट जे आदेश छ त्यहि गर्छौ । राजपत्रमा अंकित चैनपुर सालबास रहेकाले कार्यालय त्यहि राखिने र जनताको काम त्यहिबाट हुने विष्टले जानकारी दिनु भयो ।

यसै सँग सम्बन्धित यस अघिका समाचारहरु

गाउँपालिकाको केन्द्र परिवर्तन न स्वीकारीने
सांसद गुरु वुर्लाकोटीको पत्र, गाउँपालिका कार्यालय नसारियोस्