गाउँपालिकाको केन्द्र परिवर्तन न स्वीकारीने

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १, २०७३

धादिङ चैत्र १ । ज्वालामुखी गाउँपालिका स्थानिय दलहरुले साविकको चैनपुर सालवासलाई गाउँपालिकाको केन्द्र मान्न नसकिएने बताएका छन् ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरूको सहमतिमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति,धादिङ्ले सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको ठाउँमा नै केन्द्र राख्न दवाव दिएका हुन् ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति, धादिङ्ले चैनपुर, ढोला, खरी र मैदी गाविसलाई समेटी ज्वालामुखी गाउँपालिका नामाकरण र सो को केन्द्र साँधभञ्ज्याङ् राख्ने निर्णयलाई व्यवस्था गर्दै केन्द्र चैनपुर सालवास राखिने राजपत्रमा अंकित गरिएकोले केन्द्र साँधभञ्ज्याङ्लाई नै केन्द्र बनाउन दवाव दिएका हुन् ।

धादिङको ज्वालामुखी गाउँपालिकामा आज संयुक्त वैठक बसी क्रियाशील राजनीतिक दलहरू नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकमा ज्वालामुखी गाउँपालिकाको केन्द्र साविक चैनपुर गाविसको कार्यालय भनी उल्लेख गरिएको छ।यस प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ जनाएका थिए ।

जिल्ला तहमा धेरै छलफलपछि सर्वसम्मत निर्धारण गरी सिफारिस गरिएको केन्द्र स्थानलाई स्थानीय तह पुनर्संरचना आयोगका सदस्यहरूको बहुमतको बलको आडमा परिवर्तन केन्द्र परिवर्तन गरिएको उनीहरुको आरोप छ । आमजनतालाई पायक नै नपर्ने, कुनै अनुकुल नै नहुने र भौगोलिक दृष्टिकोणबाट समेत केन्द्र नपर्ने गरी सीमित वर्ग तथा व्यक्तिहरूको संकुचित स्वार्थ पूरा हुने गरी केन्द्र स्थान परिवर्तन गर्न लगाइएको प्रति बैठकमा खेद व्यक्त गरेका थिए ।

नीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति,धादिङ्ले सर्वसम्मत निर्णय गरेको सिद्धलेक गाउँ पलिकाको केन्द्र बु्ङ्चुङ्बाट सलाङ कमलवारी सारिएकोमा पनि विरोध भैरहको छ ।

वैठकका निर्णय जस्ताको तस्तैः