धादिङ फागुन ३० । सरकारले आज देखि लागु गरेको स्थानिय निकाय पुनसंरचना अन्तरगत धादिङका सम्पूर्ण गाविसहरु विघटन भएका छन् ।
गाउँ विकास समितिमा रहेरका गर्दै आई रहेका सचिवहरुले आज देखि गाउँ विकास समितिको काम गर्न नपाउने भएपछि जनतालाई अफ्ठ्यारो पर्ने तर्फ ध्यान दिदै जिल्ला विकास समिति धादिङले आइतबार नै सम्पुर्ण नगरपालिका गाउँ पालिकामा अधिकृत स्तरको कर्मचारी खटाएको छ ।
राजपत्रमा गाउँपालिका केन्द्र रहने स्थान फेरिएर आएपनि स्थानिय दलहरुको निर्णय कार्यान्वयन गर्दै हाललाई राजपत्र भन्दा स्थानिय दलहरुको निर्णय अनुसार ठोस गरिएका ठाउँहरुमै केन्द्र रहने गरि जिल्ला विकास समिति धादिङले कर्मचारीहरु खटाएको छ । आजबाट गाउँपालिका रहेन, गाविसबाट हुँदै आएका काम अव गाउँपालिका केन्द्रबाट हुने ।
कुन गाउँपालिका केन्द्रमा को अधिकृत स्तरको कर्मचारी खटाइयो विवरण