सांसद गुरु वुर्लाकोटीको पत्र, गाउँपालिका कार्यालय नसारियोस्

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ३०, २०७३

धादिङ फागुन ३० । धादिङ क्षेत्र नं. २ का सांसद गुरु बुर्लाकोटीले धादिङका स्थानिय विकास अधिकारीलाई पत्र लेख्दै जिल्ला स्थित राजनीतिक संयन्त्रले सहमति गरेको गाउँपालिका कार्यालय हेर फेर नगर्न आग्रह गरेका छन् ।

राजपत्रमा केहि गाउँपालिकाको केन्द्र परिवर्तन भै आएको र यसले जनतालाई भ्रम पैदा गरेको भन्दै पत्रमा सांसद बुर्लाकोटीले जिल्लामा दलहरुले गरेको निर्णय अनुसार नै गाउँपालिको केन्द्र बनाउन र कार्यालयको लागि घर भाडामा लिन समेत स्थानिय विकास अधिकारीलाई अनुरोध गर्नु भएको छ ।

यसअघि सिद्धलेक गाउँ पालिकाको केन्द्र बुङ्चुङ रहने भन्ने निर्णय भए पनि राजपत्रमा सलाङको कमलावारीमा केन्द्र रहने र ज्वालामुखि गाउँपालिकाको कार्यालय साँधभञ्ज्याङ रहने भनिए पनि राजपत्रमा चैनपुरको सालवासमा केन्द्र रहने भनेर प्रकाशित गरिए पछि बुर्लाकोटीले स्थानिय विकास अधिकारीलाई पत्र लेख्नु भएको हो ।

सासंद बुर्लाकोटीको अनुरोधमा गाउँपालिकाको कार्यालय सारिएको हुन सक्ने आशङ्का र विरोधहरु आईरहेका बेला नेपाली काँग्रस र माओवादी केन्द्र धादिङले मन्त्रालयलाई छुट्टा छुट्टै पत्र बुझाएका थिए केन्द्र परिवर्तन नगर्न नगराउन भन्दै ।

अहिले पछिल्लो चरण स्थानिय विकास अधिकारीलाई गुरु वर्लाकोटीले आफ्नै लेटर हेड र सांसदको लोगो प्रयोग गरि स्थानिय विकास अधिकारीलाई पत्रलेखे पछि केहि हद सम्म, ति गाविसका स्थानियहरु हर्सित बनेका छन् ।