धादिङबेसी फागुन २९ । खुसी र मेलमिलापको रुपमा मनाइने फागु पूर्णिका आज नेपालको पहाडी जिल्लाहरुमा धुमधामले मनाईएको छ ।
नेपालको पहाडी जिल्लाहरुमा आज मनाईएको फागु पूर्णिमा तराइका जिल्लाहरुमा भोली सोमबार मनाईने छ । फागुलाई मित्रता, सद्भाव, मेलमिलापको पर्व मानिन्छ ।
यो पर्वले एकअर्काप्रति रहेको पुरानो रिसराग, द्वेष र घमण्ड हटाएर गरी आपसी प्रेम र हार्दिकता बढाउन सघाउँछ । यो उत्सव धादिङमा पनि धुमधामले मनाईएको छ ।
धादिङपोष्टलाई प्राप्त धेरै फोटोबाट १५ वटा छानिएका तस्वीरहरु यहाँ पोष्ट गरिएको छ र फोटोमो पुछारमा तस्वीर उपलब्धगराउने व्यक्तिको नाम लेखिएको छ ।
१०० वटा भन्दा बढी फोटो धादिङपोष्टलाई प्राप्त भएकोमा छानिएका केहि फोटो मात्र पोष्ट गरिएको ।