काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनीले आज अचानक राप्रपा परित्याग गरेका छन् ।
पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका डा। लोहनीले अहिले केहीबेरमा रिपोर्टस क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी परित्याग गर्ने औपचारिक घोषणाको तयारी गरेका छन् ।
राप्रपाको एकता महाधिवेशनमा कमल थापासँग अध्यक्षमा चुनाव लड्ने अन्तिम तयारीमा रहेर पनि उनी पछि हटेका थिए ।लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजमा मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउँछु, भनेका छन् ।
आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् ।