धादिङ फागुन २८ । धादिङबेसी स्थित पुछारबजारमा संचालन भैरहेको एड्भान्स एकेडेमीका निर्देशक विष्णु प्रसाद कोइरालाले विद्यार्थीहरुलाई वैज्ञानिक र व्यवहारिक शिक्षामा जोड दिइएको बताउनु भएको छ ।
वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धती अपनाई रहेका छौं, हामीले अपनाएको शिक्षण विधि प्रति अभिभावकहरुमा पनि सन्तष्ट हुनुहुन्छ कोरालाले अभिभावकहरु समेत उपस्थित विद्यार्थीको प्रतिभा प्रस्फुटन (एड्भान्स टुयालेन्ट हन्ट २०७३) कार्यक्रममा बताउनु भयो ।
विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रमका एड्भान्स ट्यालेन्ट हन्ट २०७३ मा पूर्व प्राथमिक तह (कक्षा नर्सरी देखि युकेजी) सम्मका विद्यार्थीलाई प्रतियोगितामा सहभागि गराईएको थियो ।
वाक्य शैली, प्रस्तुती र विशेष प्रतिभा (नृत्य, गायन, नाटक र भेषभुसा) का आधारमा विभिन्न चरण पार गर्दै छनौट भएका नर्सरीबाट १५ जना एलकेजीबाट १० जना र युकेजीबाट १० जना छनौट विद्यार्थीलाई शुक्रबारको स्टेज प्रोगाममा उतारिएको थियो शिक्षक रामकुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।
छनौट चरण पार गर्दै आएका विद्यार्थीलाई एड्भान्स ट्यालेन्ट हन्ट २०७३ मा सहभागि गराईएको थियो उनीहरुको प्रतिभा उनीहरुको अभिभावक अगाडी नै मुल्याङ्कन गरि A,B, C ग्रेड राखेर पुरस्कृत गरियो शिक्षक श्रेष्ठले बताउनु भयो ।