धादिङबेसी फागुन २७ । माओवादी केन्द्र धादिङलाई १ नम्बरको पार्टी बनाई छाड्ने अठोट पुरा होला, नहोला यति बेला धादिङका अध्यक्ष शालिकराम जमकट्टेललाई भ्याई नभ्याई छ पार्टीको कार्यक्रममा पुग्न ।
दैनिक ३-४ बटा कार्यक्रममा पुग्न भ्याएको छु, साथीहरु खट्नु भएको छ, धादिङको पार्टी अब लाइनमा आएको छ, धादिङपोष्टसँग को कुराकानीमा अध्यक्ष जमकट्टेलले बताउनु भयो ।
हिजो धादिङमा पार्टी कस्तो थियो, दाश्रो संविधान सभा तिर कस्तो थियो, अहिले बताउन चाहिन भन्दै जमकट्लले अब हेर्नुस् बैशाख ३१ गतेको स्थानिय चुनावको नतिजा अनि जमकट्टेलको अभियान थापाउनु हुनेछ ।
विचार र कार्यदिशा मात्र भएर पुग्दैन कार्यकर्ता परिचालन र योजना चाहिन्छ अहिले यी चिज लागु भएको छ, भन्दै स्थानिय चुनावबाटै माओवादी केन्द्र १ नम्बरको पार्टी बन्ने दावी गर्नु भयो ।
अभियानका क्रममा आज बेनिघाट रोराङ गाउँपालिका पुग्नु भएका अध्यक्ष शालिकराम जमकट्टेलले कार्यकर्तालाई तपाईहरु पनि आफु जस्तै खट्नोस् अब व्यक्तिगत समस्यामा रुमल्लिएर हुन्न जनताकोमा पुग्नै पर्छ नत्र कसरी चुनाव जितिन्छ निर्देशन दिनु भएको थियो ।
कार्यकर्तालाई निर्देशन दिदै अरुकुरा छोड्नुस पार्टीको गाउँ नगर घर घर जाऔं, माओवादी केन्द्रलाई विजय गराऔं यो नै अहिलेको मुख्य जिम्मेवारी हो भन्नुभएको थियो ।