धादिङ फागुन २७ । प्रेस सेन्टर, प्रेस युनियन र प्रेस सोसाइटी ललितपुरले पत्रकार महासंघ ललितपुर शाखामा विनाकारण लगाईएको ताला खोल्न विज्ञप्ती मार्फात आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघको ललितपुर शाखाको अधिवेशनको पूर्व सन्ध्यामा प्रेस चौतारीले विना कारण तालाबन्धी गरेको भन्दै अविलम्ब ताला खोल्न विज्ञप्त िमार्फत आग्रह गरेका हुन् ।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको आगामी चैत्र १ गते हुने अधिबेशनलाई असर पुग्ने गरि तालाबन्दी गरेको आरोप लगाउँदै तत्काल ताला खोल्न आग्रह गरेका छन् ।
यसअघिको निर्वाचनमा माओवादी केन्द निकट पत्रकारले महासंघको चुनाव जितेको थियो ।