धादिङको लापामा हिउँ पर्दा जनजिवन प्रभावित

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २७, २०७३

शुक तामाङ
धादिङ फागुन २७ ।
उत्तरी धादिङको रुविभ्याली गाउँपलिकाको लापामा लगातार हिउँ पर्दा जनजिवन प्रभावित बनेको छ ।

विगत ५ वर्ष देखि हिउँ नपरेको रुविभ्याली गाउँ पालिका अन्तरगत पर्ने लापाको ठुलो गाउँमा बिहिबार साँझ देखि लगातार हिउँ पर्दा जनजिवन कष्टकर बन्दै गएको छ ।

लापाका स्थानिय हर्कबादुर तामाङले धादिङपोष्टलाई जानकारी दिनु भएअनुसार भकम्पका कारण त्रिपालको भरमा बसोवास गर्दै आएका स्थानियहरु थप चपेटामा परेको बताए । बिहिबार साँझ देखि हिउँ परेको हो अहिले पनि रोकिएको छैन तामाङले बताउनु भयो ।

लगातार हिउँ परेपछि टहरोमा बस्दै आएका भूकम्पपीडितलाई जीवन निर्वाह गर्न समस्या भएको छ । प्रायः बृद्धबृद्धा, बालबालिकालाई चिसोले छिट्टै असर गर्ने भन्दै भूकम्प पीडितहरु चिन्तित छन्।