धादिङ फागुन २७ । नेपाली काँग्रेस धादिङले धादिङका स्थानिय संरचना देखी जिल्ला तहसम्म रहेका नेता तथा कार्यकर्ताहरुको टेलिफोन समाबेस गरिएको टेलिफोन डायरी सार्वजनिक गरेको छ ।
नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहको प्रमुख अतिथि रहेको उक्त टेलिफोन डायरी विमोचन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
गॉंउ , क्षेत्रीय , जिल्ला , क्षेत्रीय तथा जिल्ला अधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघरसंस्थाको नेपाली कांग्रेसका सबैतहका सदस्यहरु सहित ८ हजार जनाको फोन नम्बर समाबेस गरिएको फोन डायरी नेता प्रमुख अतिथि पुर्व महामन्त्री सिंहले आज विमोचन गर्नु भएको थियो ।
नेपाली काँग्रेस धादिङको अधिवेशन पछि जिल्ला नेतृत्व गर्न आउनु भएका जिल्ला सभापति रमेश धमलाले सुचना र संचारलाई अत्यन्त नजिकबाट निगाल्ने गरेको एक नेताले बताए । ति नेताका अनुसार नेपाली काँग्रेस भद्रगोल ढंगबाट चल्ने पार्टी हो भन्ने थियो धादिङबाट क्रस भएको छ धादिङका हरेक गाउँहरुमा क्रियाशिल कमिटि बनेका छन् संचारलाई हेर्ने हो भने पार्टीले पार्टी गतिविधि समेटीएको बुलेटिन नियमित निकालि रहेको छ । यो योजना सभापति धमला कै हो आज फोन डायरी निकालेका छौ धमला कै पहलमा पार्टी कार्यलय निर्माण हुँदैछ नेतृत्व पुरानाले हैन नयाँले गर्नुपर्छ त्यसै भनिएको हैन रछ ति नेताले धादिङपोष्टलाई बताए ।