धादिङका परशुराम तामाङ राज्य मन्त्री बने

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २७, २०७३

धादिङ फागुन २७ । उत्तरी धादिङ सत्यदेविका परशुराम तामाङ नेपाल सरकारको पर्यटन राज्य मन्त्री बन्नु भएको छ ।

बिहिबार साँझ बसेको मन्त्रिपरिषदको वैठकले राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ३ जनालाई मन्त्रिपरिषदमा ल्याउन निर्णय सँगै हिजै साँझ राप्रपा नेता तथा सांसद तामाङ मन्त्री बन्नु भएको हो ।

राप्रपाका सचेतक समेत रहनु भएका तामाङ धादिङका स्पष्ट वक्ता, शालिन नेताका रुपमा चिनिन्छन् । शाहीकालमा जिल्ला विकास समिति धादिङको उपसभापति बन्नुभएका मन्त्री तामाङ राप्रपाका धादिङ अध्यक्ष हुँदै केन्द्रिय सदस्य देखि सचेतक समेत बनि सक्नु भएको छ ।
विकासलाई पहिलो प्रथामिकतामा राख्नेृ स्वभावको मान्छे हुँ भन्दै आएका नेता परशुराम तामाङ मन्त्रि बने सँगै उत्तरी धादिङका विभिन्न ठाउँहरुमा खुसियाली मनाईएको छ ।

मधेशवादी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा सँगै अंकगणितिय रुपमा धरापमा परेको सरकारलाई रापपा सरकारमा सहभागि भएपछि सत्ता समिकरण बलियो बनेको छ ।

नेपाल सरकार मन्त्रि परिषदको बिहिबार साँझ बसेको बैठकले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री दिलनाथ गिरी र पर्यटन राज्य मन्त्री परशुराम तामाङलाई नियुक्त गरेको छ ।