तिलक चेपाङ,
धादिङ फागुन २६ । माओवादी केन्द्र बेनिघाट रोराङ गाउँपालिकाको वर्डा नं. ३ को भेला सम्पन्न भएको छ ।
स्थानिय पुनर संरचना अनुसार धादिङ जिल्ला १२ वटा गाउँपालिका र १ वटा नगरपालिका बने सँगै माओवादी केन्द्र धादिङले चैत्र १५ गते सम्म सबै गाउँ पालिकाका वर्डा भेला सम्पन्न गर्ने योजना अनुरुप बुधबार बेनिघाट रोराङ गाउँपालिकाको वर्डा नं. ३ को भेला सम्पन्न भएको हो ।
सम्मेलनले खेमराज सिलवाल संयोजकत्व र पुर्णिमा चेपाङको अध्यक्ष रहने गरि १९ सदस्यीय वर्डा समिति गठन गरेको छ ।
माओवादी केन्द्र धादिङ जिल्ला कमिटि सदस्यहरु विवेक थपलिया, मिलन सिलवाल, तिलक चेपाङ, विद्या सागर कडेल, दिपा कडेल, राममायाँ विश्वकर्मा लगायतको नेताहरुको आतिथ्यता रहेको उक्त सम्मेलनले अखिल नेपाल महिला संघ क्रान्तिकारी बेनिघाट रोराङ गाउँपालिका कमिटी समेत गठन गरेको छ ।
अनिता तामाङको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष सुर्यकुमारी दर्लाकोटी, सचिव लक्ष्मी सिलवाल, कोषाध्यक्ष अप्सरा अधिकारी रहने गरि २१ सदस्यीय समिति बनाएको छ ।