धादिङ फागुन २६ । नेपाली काँग्रेस धादिङले जलमुखी गॉंउपालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गरेको छ ।
कार्यक्रममा आगामी वैशाख ३१ गते सम्पन्न हुन लागेको स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन बुधबार भएको उक्त कार्यक्रममा नेताहरुले कार्यकर्तालाई जोडतोडले लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारी, नेताहरु विनोद तिमल्सिना, झंकनारायण श्रेष्ठ, यमनाथ दनै, राकेश धमला, देवि कोइराला, विकास श्रेष्ठ, नवराज तिमल्सिना, नरेन्द्र भट्ट, मदनकुमार श्रेष्ठ, निलकण्ठ स्ववियु सभापति सरोज पाण्डे लगायत लगायतको आतिथ्यता रहेको थियो ।
गॉंउपालिका भित्रको रहेका गाविसका पार्टी सभापतिहरू गॉंउ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरू, कृयासिल सदस्यहरु भातृ तथा शुभेच्छुक संघरसंस्था प्रतिनिधि लगायत को सहभागिता रहेको थियो ।