धादिङ फागुन २५ । संसारका श्रमिक महिलाहरु एक हौऔ संविधान प्रदत्त महिला अधिकारको पुर्ण कार्यान्यन गर्दै समानताको लागि संघर्ष गरौ भन्ने मुल नाराकोसाथ आज १०७ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस धादिङका विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रम गरि महिला दिवस मनाईएको छ ।
धादिङका विभिन्न गाविसमा भएका नारी दिवसहरुमा महिला नेताहरुलाई भ्याईनभ्याई भएको देखिन्थ्यो, भने कतिप कार्यक्रममा विगत भन्दा प्रथक ढंगबाट नारी दिवस बनाएको पनि देखिन्थ्यो । सेमजोङमा भएको कार्यक्रममा टेलिभिजनको इन्द्रेणि ग्रुपले मनोरञ्जन दिएको थियो भने माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जकट्टेलले १ सय ७ औं नारी दिवसको अवसरमा शुभकामना दिनु भएको थियो ।
धादिङबेसीमा केक काटियो
धादिङबेसीमा भएको एक कार्यक्रममा महिल बिकास अधिकृत सावित्री रावल थापाले नारी दिवसको अवसरमा आयोजकले तयार गरेको वर्थडे केक काटुनु भएको थियो । सहयात्री समाज धादिङले धादिङबेसीमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता भक्त लामा, नेकपा एमालेका प्रेम सिलवाल लगायतले शुधकामना दिनुभएको थियो । कार्यक्रममा सहयात्री समाज धादिङको निर्देशक राधिका सापकोटाले संविधानले गरेको व्यवस्था बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
माओवादी केन्द्र नीकट अखिल नेपाल महिला संघ क्रान्तिकारी धादिङले पनि जिल्लका १३ वटै गाउँ पालिकामा नारी दिवस मानाएको छ ।
जस अन्तरगत नीलकण्ठ नगरपालिकामा अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला समिति उपाध्यक्ष शुशिला रिजालको सभापतित्व रहेको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका सह सचिव मनराज भण्डारी शैलेस ,माओवादी केन्द्र धादिङका कोषाध्यक्ष सम्बुकुमार श्रेष्ठ, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य सिता भण्डारी, धादिङ उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष विष्णु श्रेष्ठको विशेष आतीथ्यता रहेको थियो ।
नारी दिवसको अवसरमा भएका विभिन्न कार्यक्रमका सामाजिक सञ्जालमा भेटिएका तस्वीरहरुः