राधिका सापकोटा
कार्यकारी निर्देशक सहयात्री समाज धादिङ
– राष्टपती वा उपराष्टपती फरक फरक लिङ्गको हुने
– प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेद्वारी – दिँदा महिलालाई समेत समावेशी गरी बन्दसूची तयार गर्ने
– संघिय संसद र प्रदेश सभामा निर्वाचित हुने कुल सदस्यको कम्तिमा एक तिहाई महिला सदस्य हुने गरी सुनिश्चित गरिएको
– राष्टिय सभामा प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना महिला निर्वाचित हुने र मनोनित गर्दा कम्तिमा एक जना समावेश गर्नुपर्ने
– प्रतिनीधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना र राष्टिय सभाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुने
– प्रदेश सभामुख र प्रदेश उपसभामुख मध्ये एक जना महिला हुने
– गाउँ कार्यपालीका र नगरकार्यपालीकामा कम्तिमा ४ जना महिला सदस्य रहने
– जिल्ला समन्वय समितिमा कम्तिमा ३ जना महिला रहने
– गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा कम्तिमा २ जना महिलाको प्रतिनीधित्व हुने
राज्यको संरचनामा महिला सहभागिता
– प्रतिनीधि सभामा ३३ प्रतिशत महिला सहभागिता
– राष्टिय सभामा ३८ प्रतिशत महिला सहभागिता
– स्थानिय निकायमा ४० प्रतिशत महिला सहभागिता
स्थानिय निकायमा महिलाको सहभागिता
– झण्डै ३६ हजार प्रतिनीधि मध्ये झण्डै आधा संख्यामा दलित सहित महिलाहरु चुनिने छन् ।
– ६८०० वडा बाट मात्र १४ हजार महिला चुनिने छन् ।
– स्थानिय तहमा २० प्रतिशत दलित र ४० प्रतिशत महिलाको प्रतिनीधित्व सुनिश्चित हुनेछ
– गाउँपालिकामा ४ महिला १ दलित सहित अल्पसंख्यक र नगरपालीकामा ५ महिला सहित ३ दलितको प्रतिनीधित्व हुने छ
– गाउँ कार्यपालीका २ हजार ५ सय र नगरपालीकामा १ हजार २ सय महिलाहरु चुनिने छन्
अवसर
– संविधानले नै महिलाहरुको सहभागिताको कुरा सुनिश्चित गरेकाले यसको कार्यान्वयन संभव छ
– महिलाहरुले निर्णायक तहमा सहभागिता जनाउने यो महत्वपूर्ण अवसर हुने छ
– नीति निमार्ण कार्यान्वयन र परिवर्तनको अवसर
– महिला मुक्ति आन्दोनलाई सार्थक बनाउने महत्वपूर्ण अवसर छ
– राजनीतिमा महिलाहरुको सहभागिताले महिलाहरुको शक्ति बढाउने र राजनीतिक नेतृत्व विकास गर्ने अवसर
– नेतृत्व विकासले आरक्षणबाट प्रतिस्पर्धामा जानका लागि महिलाहरु सक्षम बन्ने अवसर छ
चुनौति
– के हामीले यति धेरै संख्यामा महिलाहरु नेतृत्व तहमा ल्याउन सक्ने गरी तयार गरेका छौ ????
– महिलाहरुले नेर्तत्व लिएर निर्णायक भुमिका निभाउन सक्ने वातावरण सृजना हुन्छ की ???? पहिला जस्तै पानी सदस्य ????
– यो पटकको लागि महिलाहरु भित्रका पनि सक्षम महिलाहरुलाई नेतृत्वमा ल्याएर महिलाहरु सक्षम छन्, नेतृत्व गर्न सक्छन् भन्ने पृष्टि गर्ने की ???? फेरी प्रतिनीधित्वका लागि प्रतिनीधित्व मात्रै गराउने ????
– हामी महिलाहरु राजनीतिमा आउन र नेतृत्व लिन तयार छौ त ??
– महिलाहरुलाई दिइने निर्वाचन क्षेत्र पार्टीहरुले आफ्नो प्रभाव राम्रो भएको ठाउँ हुन्छ की ??? कमजोर स्थानहरु महिलाका लागि ????
धादिङबेसीमा सहयत्री समाज धादिङले आयोजाना गरेको नारी दिवसको अवसरमा सहयत्री समाज धादिङको निर्देशक राधिका सापकोटाले प्रस्तुत गर्नुभएको कार्यपत्र ।