अर्जुन खतिवडा
धादिङ फागुन २५ । जिल्ला दैविक प्रकोप उद्धार समिति धादिङको आयोजनामा बुधबारदेखी पाँच दिने जिल्ला विपद् प्रतिकार्य समूहको लागि समन्वय र व्यवस्थापन तालिम सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकिय अधिकृत राममणी मिश्रको अध्यक्षतामा तालिम सुरु गरिएको हो । तालिममा जिल्लाका विभिन्न संघ संस्थाका ३१ जना प्रमूख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो । \
जिल्ला दैवीक प्रकोप उद्धार समिति धादिङले जिल्ला विपद् प्रतिकार्य समूह गठन पश्चात उक्त समूहको क्षमता विकासमा जोड दिँदै सो तालिम संचालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन हुने तालिमका लागि यूरोपियन यूनियनको आर्थिक सहयोगमा केयर र एक्सन नेपालको साझेदारीमा प्रयास परियोजनाको प्राविधिक एवम् आर्थिक सहयोग रहनेछ ।
तालिमको पहिलो दिन बुधबार जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणी मिश्र, रेडक्रसकर्मी महेश गौतम लगायतले सहजिकरण गरेका थिए ।
तालिमले जिल्ला विपद् प्रतिकार्य समूहको क्षमता अभिवृद्धि गरी जिल्लामा प्रभावकारी समन्वयात्मक प्रतिकार्यको सुनिश्चितता गर्ने उद्देश्य राखिएको प्रशिक्षक मिश्रले बताएका छन् ।