धादिङ फागुन २५ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले भूकम्प पीडिहरुको लागि ट्याक्सी लिन धादिङबाट ११ हजार ६ सय ३३ को निवेदन परेको उल्लेख गरेको छ ।
ट्याक्सीका लागि आवेदन मागिएको भूकम्प प्रवाहित जिल्ला मध्य धादिङबाट मात्र ११ हजार ६ सय ३३ को निवेदन परेको हो ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरु दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ्ग, नुवाकोट, भक्तपुर, काठमाण्डौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाको लागि सुचना जारी गर्दै २०७२ सालको विनासकारी भूकम्पबाट अति प्रभावित भूकम्प पिडितहरुका १,५०० थान ट्याक्सी वितरण गर्न लागेको छ ।
धेरै निवेदन परेपछि गोला प्रथाद्वारा वितरण गरिने भनिएको ट्याक्सी अझै वितरण गरिएको छैन ।
नामावली थाहा पाउन यहाँ क्लिक गर्नुहोस्