काठमाडौ फागुन २५ । नयाँ शक्ति पार्टी नेपालले एमालेको अहंकारका कारण सप्तरी घटना घटेको बताएको छ । डाक्टर बाबुराम भट्टराईले विज्ञप्ती जारी गर्दै एमाले कै अहंकारका कारण उक्त घटना गटेको बताउनु भएको हो ।
भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, संविधानमाथिको असन्तुष्टिलाई नदेख्ने प्रमुख प्रतिपक्षी एमालेको घमण्ड र हठले राजनीतिक सहमतिमा अवरोध खडा गरिरहेको छ ।
त्यही अहंकारकै कारण सम्वादलाई छोडेर प्रमुख प्रतिपक्षीले मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरिरहेको हाम्रो ठहर हो । भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ुत्यही दलीय उत्तेजना, अहंकार र सरकारी लाचारीको परिणाम सप्तरी घटना भएको हो।