रोल्पा महाधिवेशन अघि नेता विप्लव नै नेपालका वास्तविक क्रान्तिकारी लाईनमा भनेर उद्घोष गर्नु हुन्थ्यो अहिले किन मौन ?
नेपाली सर्वहारा बर्गको आस्थाको केन्द्र र सर्वहारा बर्गको मुक्ति दाता भनेको नेकपा माओवादी हो र नेकपा माओवादी को नेतृत्व बिप्लवले गर्नु भएको थियो त्यसकारण मैले क बिप्लवलाई क्रान्तिकारी नेता मानेको हो, तर जब पार्टीले ८ औं महादिवेशनबाट माओवाद हटायो त्यसपछि म अलि मौन बसेको छु ।
कसैले स्विकार गर्छ या गर्दैन त्यो आफ्नो ठाउँमा छ २०४६ साल पछि आज सम्म हरेक राजनीति परिवर्तन माओवादीकै नेतृत्वमा भएको छ । यो यथार्थलाई कसैले लुकाउन सक्दैन सर्वहारा जनतालाई अधिकार दिलाउनको लागि माओवादीको नेतृत्वमा अन्तिम दनक दिन बाँकीनै छ । सर्वहारा वर्गको मुक्तिको लागि नेपालमा माओवादीको बिकल्प छैन भन्ने मेरो बुझाई हो । यस अर्थमा म अहिले मौन बसेको छैन सक्रिय राजनीतिमानै छु ।
माओवादी छाडेर नाम परि वर्तन गरे सँगै कति पय पूर्व जनमुक्ति सेना गुपचुप छन् तपाई पनि ?
तपाईंले ठिक भन्नू भयो जब पार्टीले महादिवेशन पछि पार्टीबाट माओवाद हटायो अनि ७०५ पुर्व जनमुक्ति सेनाहरु अहिले मौन जस्तो देखिएको हो । किन पूर्व जनमुक्ति सेना मौन जस्तो देखियो भन्दा पार्टीले माओवाद हटाएर कतै जनताको भावानामा चोट त पुर्याएन ? भन्ने म लगायत केहि पूर्व जनमुक्ति सेनाहरुको बुझाइ छ, नेताले नीति र योजना बनाउने हो फिल्डमा कार्यनयन गर्ने कार्यकर्ता र जनताले हो । त्यस कारण नेताले कुनै पनि निर्णय गर्नु भन्दा पहिला सोच्न जरुरी हुन्छ भन्ने मेरो बुझाई हो ।
पूर्व जनमुक्ति सेना खासका माओवादी आन्दोलनमा खारिए र आएका सिपाही थिए, नाम परिवर्तनमा त्यस्तो आवज उठाएको देखिएन नि ?
बाहिर बाट देख्दा त्यस्तो देखिएको हो तर तपाईंले भन्नू भएको जस्तो होइन सेनाले कुरो उठाएको हो। र गलत कार्य शैलिको सधै बिरोध गर्नेछ पुर्व जनमुक्ति सेनाले ।
महाधिवेशनको मुख्य कार्यदिशा के हो ? जनयुद्ध फेरि तत्काल संभव छैन भन्ने आसय तर्फ अगाडी बढेको हो कि ?
महाधिवेशनको मुख्य कार्यदिशा भनेको पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउने र अपुरो क्रान्तिलाई पूरा गर्नको लागि भाबी रणनीति तय गर्ने भन्ने बुझ्नुपर्छ । पहिलो कुरो, दोस्रो कुरो जहाँ तपाईंले जनयुद्धको कुरो उठाउनु भएको छ जनयुद्ध कसैको रहरले हुँदैन र कसैले चाँहदैमा पनि हुँदैन, जनयुद्ध र जनयुद्ध बिना यदि कसैले जनताको मुक्ति हुन्छ भन्ने सोचेको छ भने, त्यो दक्षिण पन्थी अवसरवाद हो, न्याय पुर्ण आन्दोलन वा जनयुद्ध दुबै सम्भव छ । नेपालमा जनतालाई न्याय दिलाउनको लागि जनयुद्ध असम्भव हुँदैन किनकि जनता सधैं न्यायको पक्षमा हुन्छ ।
स्थानिय निकायको चुनाव अन्तर्गत गाउँ पलिकाको चुनावको विषयमा विप्लन जीहरुको धारण के बुझ्नु भा छ कुनै सर्कुलर छ कि र ?
तपाई हामी प्रष्ट हुन जरुरत छ, चुनाव भनेको भ्रम हो, यो सरकारले घोषणा गरेको चुनाव जनताको हितमा छैन, चुनावले जनताको भविस्य निर्धारण गर्दैन, हामी आम नेपाली जनतालाई चुनाव बहिस्कार गर्न आवाहन गर्छौ । हिजो कुनै दिन चुनाव बहिस्कारको नेतृत्व प्रचण्डले गर्नु भएको थियो । २०५४ साल २०५६ सालको चुनाव हामीलाई राम्रोसँग थाहा छ, त्यो चुनावको बहिष्कार प्रचण्डको नेतृत्वमा भएको थियो । अब भन्नुहोस् हिजो स्थानीय चुनाव बहिस्कार गर्न लगाउने आज आफै चुनावी भारी बोकेर आउनु भएको छ , कसरी सम्भावना छ ?
चुनाव गराउनु भन्दा पहिला राजनीति समस्याको हल खोजौं हामीले यहि भनेका छौं, तर यो सरकार जबर्जस्त चुनाव गराउने कोसिस गर्छ भने हामी जनतालाई अन्तिम आवाहन गर्छौ चुनाव बहिष्कार गर्नको लागि तर यो सरकार जबर्जस्त चुनाव गाराउने दुस्साहस गर्छ भने चुनावको नतिजा राज्यले सोचेको भन्दा धेरै भिन्न हुनेछ तेसको जिम्मेवारी राज्यले लिनुपर्छ । जनताको अधिकारलाई राज्यले दमन गर्छ भने राज्यको विरुद्ध जनताले हतियार उठाउन पनि बाध्य हुनेछ । जनता राज्यको एक लौटी निर्णयको दास बनेर बस्न सक्दैन राज्य संचालकहरुले बेलैमा बिचार गरोस् ।
(पूर्व जनमसक्ति सेना, किरण सिटौला गरिएको कुराकानीमा आधारीत )