दुई सय ६६ पदमा २१ हजार आवेदन

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २५, २०७३

काठमाडौं, फागुन २४ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा दुई सय ६६ जना कर्मचारी मागेकोमा झन्डै २१ हजारले आवेदन दिएका छन् । ती पदमा २० हजार आठ सय ८७ ले आवेदन दिएको प्राधिकरणले जनाएको छ ।

अन्य सरकारी स्वामित्वको संस्थानमा भन्दा प्राधिकरणमा आकर्षक तलव, सेवा तथा सुविधानका कारण यति धेरैले आवेदन दिएका हुन् ।
प्राधिकरणले माघ २७ गतेभित्र दरखास्तको फारम बुझाउन समय दिएको थियो । दोब्बर दस्तुर दिएर फागनु ५ गतेसम्म फारम बुझाउन सकिने व्यवस्था उसले गरेको थियो । म्याद सकिएपछि गणना गर्दा उक्त पदका लागि यति धेरै आवेदन परेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी आकर्षक मिटर रिडर (तह ३) मा देखिएको छ । उक्त पदका लागि २१ जना मागेकोमा चार हजारले आवेदन दिएका छन् – आजको नागरिक दैनिकमा खबर छ ।