भुकम्प प्रतिकार्य परियोजनाले त्रिपुरेश्वरबासीमा खुसी छायो

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २४, २०७३

नारायण सिलवाल
धादिङ, २४ फागुन । अक्सफाम र एक्सन नेपालको साझेदारीमा धादिङको उत्तरी क्षेत्रमा संचालित नेपाल भुकम्प प्रतिकार्य परियोजनाले अहिले स्थानियको मुहारमा खुसी छाएको छ ।

त्रिपुरेश्वर र सत्यदेवी गाविसमा संचालित परियोजनाले जिविकोपार्जन, सरसफाई र खानेपानी, आवास, विपत जोखिम न्युनिकरण र लैगिंक तथा संरक्षण कार्यमा सहयोग गर्दै आई रहेको एक्सन नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत सञ्जन कार्कीले बताए ।

त्रिपुरेश्वर गाविसमा करिव २५ लाखको लगानीमा निर्माण सम्पन्न भएको ३ वटा सिंचाई कुलाको पुन निर्माण पछि अहिले हिउदको समयमा पनि किसानहरुले सहज रुपमा सिंचाई गर्न पाएका छन् । ३ वटै आयोजनाबाट करिब ३ सय घर धुरीका मानिस लाभान्वित हुनुका साथै ७ सय ५० रोपनी भन्दा बढि क्षेत्रफल सिंचीत गर्न सहज हुने एक्सन नेपालका जिविकोपार्जन अधिकृत प्रमोद भट्टले बताए । त्यस्तै गणेशथान सिंचाई कुलोको पुन निमार्ण पछि आफुहरुको जिविकोपार्जनमा टेवा पुग्ने स्थानिय प्रेमबहादुर श्रेष्ठको भनाई छ ।

यता त्रिपुरेश्वर गाविसमै संचालित आवास कार्यक्रम अन्तर्गत निमार्ण भईरहेको नमुना घर निमार्ण कार्य पनि अन्तिम चरणमा पुगेको छ भने निमार्णधिन अबस्थामा रहेको ५ खानेपानीको आयोजनाको काम पनि ८० प्रतिशत समाप्त भई सकेको इन्जिनियर प्रमोद पोख्रेलले बताए ।