मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन आफै चेक गर्नुहोस्

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २२, २०७३

धादिङ फागुन २२ । सरकारको घोषणा सँगै निर्वाचन आयोगले स्थानिय तहको निर्वाचन बैशाख ३१ गते बिहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने बताई सकेको छ ।
अब आफ्नो नाम मतदाता नामावलीमा समावेश छ छैन हेर्नको लागि अब झन्झट नहुने भएको छ ।

कसरी हेर्ने त मतदाता नामावलीमा नाम छ कि छैन ?
१. तल दिईएको वेव साइटको लिङ्क क्लिक गर्नुहोस्
२. त्यसपछी खुल्ने टेवलमा आफु बस्ने गाबिस वा नगरपालिकाको नाम छान्नुहोस् ।
३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस् ।
४. त्यसपछी SUBMIT लेखेको बटन क्लिक गर्नुस् । एकैछिनमा तपाईंले छाने अनुसारको नामावली आउछ । तपाईंको आफ्नो नामको पहिलो अक्षरबाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ ।
– आफ्नो पुरा विवरण हेर्न आफ्नो जन्ममिती राख्नुहोला ।

कसरी हेर्ने त मतदाता नामावली यहाँ क्लिक गर्नु होस