प्रेम बहादुर घले
धादिङबेसी फागुन २१ । युवा संघ धादिंगको सातौ जिल्ला अधिबेशन धादिङबेसी स्थित मदनआश्रित स्मृति सभाहलमा सुरु भएको छ ।
नेपालि राजनितिको एक प्रमुख शक्ति नेकपा एमाले र आउँदै गरेको स्थानिय चुनावलाई समेत प्रभाव पार्ने गरि को आउला नयाँ नेतृत्वमा एमाले र त्यस पार्टीका सुभ चिन्तकहरुको बहसका बीच नयाँ नेतृत्वको लागि अधिवेशन सुरु भएको हो ।
युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहाडीको प्रमुख आतिथ्यतामा सुरुभएको उद्घाटन सत्रमा नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको विशेष आतिथ्यता रहेको छ ।
उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेताहरु संसद गुरु वर्लाकोटी, संसद धनबहादुर घले, पार्टी सचिव शिव कडेल लगायतको आतिथ्यता रहेको छ ।
युवा संघ धादिंगको ४५ सदस्यीय नयाँ कार्यसमितिको लागि अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) को सभापितत्वमा सुरुभएको अधिवेशनमा अध्यक्षका दावेदारहरु धेरै भएकोले निर्वाचन हुने आँकलन गरिएको छ । अध्यक्षका दावेदारहरु दिपक खतिवडा, रामकुमार बस्नेत, बाबु छत्कुली लगायत रहेका छन् ।