धादिङ फागुन २१ । धादिङबेसीमा आयोजित एक कार्यक्रममा माओवादी आन्दोलनका क्रममा वेपत्ता बनेका परिवार सदस्यहरुले ३ पटक सत्तासिन बनेको पार्टीका सदस्य अहिले सम्म किन वेपत्ता किन ? प्रश्न गरेका छन् ।
माओवादी केन्द्र धादिङले सहिद सप्ताको अबसरमा सहिद परिबार समाज तथा बेपत्ता योद्धा परिबार समाज धादिङको भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरु सामु आक्रोसका साथ यस्तो प्रश्न राखेका हुन् ।
पार्टी सत्तामा पुगेको ३ पटक भयो, व्यपत्ता छानविन आयोग र सतयनिरुपण आयोग बनाइयो तर काम १ प्रतिशद पनि नभएको भन्दै वेपत्ता परिवार समाज धादिङका अध्यक्ष टिका कडेलले के केहि पत्रलाई जागिर खुवाउन कै लागि आयोग गठन गरिएको थियो ? नेताहरुलाई थप प्रश्न गर्नुभएको थियो ।
त्यस्तै माओवादी आन्दोलकका सहिद नारायण प्रसाद उपाध्यायका बुबा सुवर्ण उपाध्यायले पद र स्वार्थका कारण सहिदका रगतमा होली खेल्दै पार्टी विभाजनहरुलाई कहिल्यै माफि दिन नसकिने बताउनु भएको थियो ।
चोट हामी सहिद तथा वेपत्ता परिवारलाई परेको छ, सत्ता र कर्चीमा आसिन नेताहरु हाम्रा सन्तानले बलिदानी नगरेको भए कुन हालतमा हुन्थे एक पटक गम्भीर भएर नेताहरुले सोची पार्टीलाई एकता बद्ध बनाउन जोड दिनु पर्ने बताउनु भएको थियो ।
नयाँ शक्ति, क्रािन्तकारी शक्ति, वा कुनै शक्तिका लागि भाग बण्डा गरि पार्टी विभाजीत गरि समग्र माओवादी आन्दोलनलाई कमजोर पर्ने अधिकार कुनै पनि नेताललाई नभएको समेत उपाध्यायले बताउनु भएको थियो ।
२ छोरा वेपत्ता परियका तथा ज्यूँदा सहिदका रुपमा परिचित रामबहादुर भण्डारीको सभापतित्वमा भैरहेको सहिद सप्ताको अबसरमा सहिद परिबार समाज तथा बेपत्ता योद्धा परिबार समाज धादिङको भेला तथा प्रशिक्षणकार्यक्रममा माओवादी केन्द्र केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष शालिकराम जमकट्टेल, सचिव विजय बुर्लाकोटी लगायतका नेताहरुको आतिथ्यता रहेको छ ।
माओवोकेन्द्र धादिङले सहिद सप्ताहको अन्तिम दिन आज जिल्ला भरका सहिद तथा बेपत्ता परिवारहरुलाई उक्त कार्यक्रममा सम्मान गर्ने तयारी समेत गरेको छ ।